१० वैशाख, काठमाडौं । शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन ।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको बताइएको छ । यहि वैशाख ८ गतेमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ । पन्त एमालेका समानुपातिक सांसद हुन ।