११ बैशाख, काठमाडौं । भारतको जम्मू कश्मीरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव बुटवल–११ कालिकानगर ल्याइएको छ।
आमा, बहिनी र ज्वाईं सहित घुम्न भन्दै कश्मिर गएका सुदिपको मंगलबार आतंककारीहरूको आक्रमणमा परेर मृत्यु भएको थियो । सुदिपको मृत्युपछि बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउ सम्म हवाई जहाजमा ल्याइएको थियो ।
लखनउबाट नेपाल भारत सुनौलीसम्म र सुनौलीबाट घरसम्म नेपालको एम्बुलेन्समा ल्याइएको हो।सुदीपको शव आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने बुटवल उपमहानगरपालिका ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए।