|  

अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने

११ बैशाख, काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ ।

एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने प्रयासको अन्तर्गत यो कदम चालिएको हो भन्ने स्रोतहरूले सीएनएनलाई जानकारी दिएका छन् ।मंगलबारमा एजेन्सीका कर्मचारीहरूलाई इमेलमार्फत यो सूचना दिएको थियो ।

यो सूचना सरकारी कार्यक्षमता विभाग (डोज) ले एमसीसीमा नियन्त्रण गर्न सुरु गरेको एक हप्तापछि मात्र आएको हो ।एमसीसी परियोजना नेपालमा पनि भर्खरै सञ्चालनमा आएको छ । नेपालमा सञ्चालित परियोजनाको भविष्य के हुन्छ भन्ने बारेमा अझै आधिकारिक जानकारी गराइएको छैन ।

पोलिटिको अनलाइनले यसलाई ट्रम्प प्रशासन र डोज को अमेरिकाको विदेशी सहयोग कार्यक्रममाथि भएको नयाँ प्रहार बताएको छ । यसअघि यूएसएआईडी माथि प्रहार गरेको थियो ।मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालसहित ४० भन्दा बढी विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धि प्रवर्धन गर्न विदेशी सहयोग दिइरहेको थियो ।