|  

शिक्षा विधेयक र शिक्षकका समस्या समाधानमा माओवादीले पहल गर्ने

११ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक र शिक्षकहरूका समस्या समाधान गर्न पहलकदमी गर्ने भएको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले शिक्षकहरू लामो समयदेखि सडकमा रहे पनि सरकारले उनीहरूका माग सम्बोधनमा चासो नदेखाएको भन्दै अन्य दलहरूसँग समेत छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा वैशाख १२ गतेदेखि सुरु हुने संघीय संसद्मा दलको तर्फबाट कसरी प्रस्तुत हुने र बजेट अधिवेशनमा सरकारका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम, प्रि बजेटबारे छलफल भएको थियो ।

‘विद्यालय शिक्षा विधेयक र शिक्षकका समस्या समाधान गर्न प्रमुख प्रतिपक्ष दलले अरू प्रतिपक्ष दलसँग छलफल गर्ने र समस्या समाधानमा पहलकदमी लिने निर्णय गरेको छ’, बैठकपछि प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।