|  

प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने

११ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाक जाने भएका छन् ।

माओवादी केन्द्रको बिहीबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसहितका नेताहरू शुक्रबार त्यसतर्फ जान लागेको बताएका हुन् । बारपाक गोरखा क्षेत्र नम्बर २ मा पर्छ । जुन प्रचण्डको निर्वाचन क्षेत्र पनि हो ।