११ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स खेल्दैछन् ।
खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुने छ । बेङ्गलुरु ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । राजस्थान समान ८ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ ।