|  

‘यूथ सेलिब्रेशन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा

११ बैशाख, काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला हुने क्रम सुरू भएको छ ।

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिहीबार विशेष कार्यक्रम गर्न लागेको जनाएको छ।

११ बजेदेखि तय भएको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले छ ।