|  

जम्मु कस्मिरको सेरोफेरोमा भारत पाकिस्तान तनाव

११ बैशाख, काठमाडौं । विपिन देव - दक्षिण एसिया आणविक युगमा प्रवेश गर्नुको कारण नै जम्मु कस्मिर रहेको कुरा जानकारहरूको बुझाई रहेको छ । “जम्मु कस्मिर”को कारणले नै गर्दा भारत र पाकिस्तान विच सन् १९४८, सन् १९६५ र सन् १९९९ मा कार्गील युद्ध भएको सर्वविदित नै रहेको छ । सन् १९७१ म समेत भारत पाकिस्तान विच युद्ध हुनुको विभिन्न कारक तत्वहरू मध्ये कस्मिर नै रहेको थियो । 

हुनतः सन् १९७१ को युद्धको परिणामले विश्व भूगोलमा एक नयॉ राष्ट्रको रूपमा वङ्गलादेश उदियमान भयो । आखिर भारत पाकिस्तान विच “कस्मिर”को सेरोफेरोको कारणले किन पटक पटक युद्ध भइरहेको छ भन्ने प्रश्नको जवाफमा कस्मिरको संछिप्त इतिहासको अबलोकन गर्न आवश्यक देखिन्छ । 

भारतीय उपमहाद्विपमा विभिन्न राजा-रजौटाहरू मध्ये कस्मिर एक सम्पन्न, समृद्ध र सुसंस्कृत राज्य रहेको थियो । डोगरा वंशका गुलाव सिंहले एकीकरण गरेका यो भूभाग अन्य राज्यहरूभन्दा वैभवको हिसावले अब्वल रहेको थियो । डोगरा वंशका राजाहरू वौद्धिक र अध्यात्मिक हिसावले महान रहेको थियो । कस्मिर भन्नाले जम्मु र लदाकको भूभाग समेत बुझिन्छ । कस्मिर उपत्यकामा मुश्लिम बाहुल्यता छ भने लदाकमा वौद्ध धर्मालम्वीको बाहुल्यता रहेको छ । तर जम्मुमा हिन्दुहरूको संखया अधिक रहेको छ । 

भारतीय स्वतन्त्रता आन्दोलनताका कस्मिरको तत्कालिन महाराजा हरि सिंह राजनीति परिर्वतनको हावा र हुरीबाट टाढा थिए । सामाजिक सद्भावको साथ साथै आर्थिक सम्पन्नताका कारणले गर्दा राजा हरि सिंह आपैmमा मग्न रहेको थियो । आप्mनो दरवारमा महात्मा गान्धीलाई स्वागत गरेता पनि आप्mनो राज्यमा पण्डित नेहरुलाई उनले बन्दी बनाएका थिए । भारत स्वतन्त्र हुन वित्तिकै बिट्रिशले सम्पूर्ण राजा रजौटाहरूलाई तीन विकल्प दिएका थिए । भारतमा विलय, पाकिस्तानमा विलय वा स्वतन्त्र राष्ट्रको रूपमा बस्ने । 

राजा हरि सिंह स्वतन्त्र कस्मिरको पक्षमा उभिएका थिए । कस्मिरको विलय उनलाई स्वीकार थिएन । दुर्भाग्यवस इतिहासलाई यो मञ्जुर भएन । भारत विभाजन पश्चात जिन्हाको नेतृत्वमा पाकिस्तानको निर्माण भयो । पाकिस्तानी शासकले हरि सिंहको इच्छा विपरित कस्मिरमा आप्mना सैनिक घुषपेठ गराए । सैनिकहरू आदीवासी पोशाकमा भए तापनि हात हतियारबाट सुसजित अवस्थामा थियो । हिन्दु राजा हरि सिंहसंगलाई भारतको सहयोग वाहेक अर्को विकल्प थिएन । इतिहासको त्यो घडीमा राजा रजौटाको एकीकरणको जिम्मा भारतका तत्कालिन गृहमन्त्री सरदार पटेलको रहेको थियो । वि.पि.मेननका पुस्तक “द स्टोरी ऑफ इनटिग्रेसन” पटेल र राजा हरि सिंह भएको सम्झदारीको रोजक चर्चा पाइन्छ । पटेलको अब्वल नेतृत्वलाई मेजिनी र ग्ग्यालिवार्डी भन्दा पनि महान मानेका   छन् । अर्थात् सरदार पटेल जस्तो दुरदर्शी र साहसी नेतृत्व नभएको भए भारत एकीकरण सम्भव नहुने कुरा सत्य तथ्यको आधारमा उक्त पुस्तकमा वर्णन गरिएको छ ।
 पटेलले राजा हरि सिंहलाई रिझाउन राष्ट्रिय स्वंय सेवक संघको संघ सञ्चालक ग्वालवलकरलाई आग्रह गरे । ग्वलवलकरको प्रभावले गर्दा राजा हरि सिंह भारतीय एकीकरण कानूनमा हस्ताक्षर गर्दै कस्मिर भारतको एक अभिन्न अङ्ग भएको कुरा लिखतनामा गरे । पटेलको आदेशमा भारतीय सैनिक कस्मिर भूमीमा प्रवेश गर्दै कस्मिरको ७५ प्रतिशत भू(भागबाट पाकिस्तानी सेनालाई धपाउन सफल  भए । रक्तपात र हिंसालाई मध्य नजर गर्दैै भारतका तत्कालिन प्रधानमन्त्री नेहरुले संयुक्त राष्ट्र संघलाई पाकिस्तानी सेनालाई कस्मिरबाट हटाउन आग्रह गरे । संयुक्त राष्ट्र संघको हस्तक्षेप फलदायी सिद्ध भएन । २५ प्रतिशत भू(भागमा पाकिस्तानको कब्जा रहि आएको छ जसलाई पि.एल.ए. (पाकिस्तान अकुपाईड कस्मिर) भनिन्छ । पाकिस्तानले “कस्मिर”लाई राष्ट्रवादको भाष्य बनाए । पाकिस्तानको हरेक चुनावमा “कस्मिर” को मुद्दा नै प्रमुख भाष्य रहेको छ । इतिहासको आरोह र अबरोहमा पाकिस्तानको सत्ता जहिले पनि सैनिकहरूको हातमा रहि आएको छ । 

पाकिस्तानी सैनिक मुखिया भूटो, अ‍ैयुव खानदेखि मुसरफसम्म “कस्मिर”को मुद्दालाई शक्ति र सत्ता प्राप्तिको लागि पूर्ण रूपमा प्रयोग गरेका छन् । वर्तमान परिवेशमा पाकिस्तानका सैनिक प्रमुख असिम मुनिर रहेको छ । अरू सैनिक प्रमुख भन्दा मुनिरको व्यक्तित्व फरक रहेको छ । पाकिस्तानी सैनिक इतिहासमा मुनी मात्रै हाफिजी कुरान (धर्म गुरू) रहेको छ । पाकिस्तानी अप्रवासी समुदायले सम्बोधन गर्दै सैनिक प्रमुख मुनिरले हिन्दु र मुश्लिम समुदायसंगै नवस्ने भएकोले गर्दा नै पाकिस्तानको जन्म भएको कुरा उद्घोष गरेका थिए । कस्मिर माथिको अडानलाई दोह्याउ‘दै कम्मिरलाई सार्मथ्य र शक्तिको आधारमा पाकिस्तानमा मिलाउनु पर्ने उनले हुंकार र डंकार गरेका छन् ।

भर्खरै भारतको जम्मु कस्मिर स्थित पहलगामामा मंगलबार पर्यटकको समुह माथि आतंकवादीहरूले गरेको आक्रमणमा एक नेपाली सहति २६ जनाको मृत्यु भएको छ । मोदीको आगमनको साथै कस्मिरको अवस्थामा धरात्तलीय परिर्वतन भएको थियो । धारा ३७० लाई निस्तेज गरेर अरू राज्य जस्तै विकास र निर्माणको कार्यलाई दुत्रगतिबाट बढाएर कस्मिरलाई राष्ट्रिय भू-प्रवाहमा ल्याउन भारत सफल भएको थियो । सन् २०२४ मा नै कस्मिरमा ३५ लाख पर्यटकको यात्राले अमन चयनको अवस्थालाई विष्लेशण गर्न सकिन्छ । 

उक्त घटनालाई विभिन्न कोर्णबाट विष्लेशण गर्न  सकिन्छ । भारतीय सामरिक जानकारहरूले पाकिस्तानी खुपिया एजेन्सीले पाकिस्तानमा भइरहेको बालुचीस्तानको विद्रोहबाट जनताको ध्यानलाई दिगभ्रमित तगर्न उक्त घटना घटेको कुरा विष्लेशण गरेका छन् । सन् २००० मा अमेरिकी राष्ट्रपति किल्पटनले भारत यात्रा गर्दा कस्मिरमा शीख समुदायहरू वर्तमान परिवशेमा समेत अमेरिकी उपराष्ट्रपति भेन्स आप्mना परिवार सहित भारत यात्रामा रहेको छ । कस्मिरको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नै आनंकवादीहरू उक्त घटनालाई अन्तिम रूप दिएको कुरा जानकारहरूको बुझाई रहेको छ । साथै मध्य एसियामा मोदीको बढ्दो प्रभाव बाट समेत पाकिस्तान चिढिएको छ । मोदी साउदी अरबेयीको यात्रामा हुंदा उक्त घटना घटाउनु पाकिस्तानको लधुताभाष झल्किन्छ । 

विगतका दिनहरूमा १२ वटा इश्लामिक मुलुकहरूबाट उक्त राष्ट्रहरूको सर्वोच्व पदकबाट मोदी विभूषित भएका छन् । “कस्मिर” को अवस्थालाई पूर्ण रूपमा नियन्त्रण गर्न र आतंकवादीहरूलाई निर्मूल र निस्तेज गर्न मोदीले आप्mनो उद्घोष गरिसकेको छ । उक्र घटनाको सेरोफेरोमा नै भारत पाकिस्तान विच तनाव बढ्ने जानकारहरूको बुझाई रहेको छ । अमेरिका र पश्चिमा संसारबाट पाकिस्तान टाढिएको छ भने चीनले पनि पाकिस्तानमा लगानी गर्न इच्छा जाहेर गरेको छैन । अन्तर्राष्ट्रिय मुद्राकोषलाई बारम्बार गुहार गरे तापनि इश्लामिकरणको प्रभावमा सैनिक हुनु, प्रजातन्त्र कमाजोर हुनु र मुलुक विखण्डन र हिंसाको भूमरीमा फस्न् जस्ता कारक तत्वहरूले गर्दा मुद्रकोष, विश्व वैंक र अन्य उच्च स्तरीय वित्तिय संस्थाहरू पाकिस्तानमा लगानी र निवेश गर्न जर्मको देखाएको छैन ।