|  

शिक्षक महासंघले भन्यो– यसपटक नयाँ इतिहास रच्नु छ, आन्दोलनमा डटिरहनुहोला

११ बैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बजार हल्ला र अफवाहमा भर नपर्नुहोला । आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला । यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ, ।’

सुवेदीले आन्दोलनकै क्रममा आज रक्तदान कार्यक्रम राखिएकाले बढीभन्दा बढी शिक्षकलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।