|  

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखामा

११ बैशाख, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन् ।

 बिहीबार दिउँसो उनी गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा पुगेका हुन् । त्यहाँ पुगेर अध्यक्ष प्रचण्डले शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरेका छन् । अध्यक्षले शहीद भिष्म कुमालको घरमा खाना खाएका थिए ।

भोलि बैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ।