|  

कश्मिर हमलाबारे मोदीः आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ

११ बैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई उसले कल्पना गरेभन्दा बढी सजाय मिल्ने दाबी गरेका छन् ।

कश्मिरको हमलापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै मोदीले सजाय गरेरै छाड्ने बताए ।

‘जसले यो हमला गरेको छ । उसको हर हिसाबमा सजाय मिल्छ,’ उनले भने, ‘उसको कल्पना भन्दा धेरै सजाय मिल्छ । सजाय मिल्छ नै ।’

उनले सिंगो देश नै एउटै आक्रोश र दुःखमा रहेको बताएका छन् । ‘यो हमला पर्यटकमाथि मात्रै भएको होइन । देशकै दुष्मनले भारतको आत्मामाथि हमला गर्ने दुस्साहस गरेका छन् ।’