११ बैशाख, काठमाडौं ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ ।
ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा.प्र.०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो । उक्त बस कलंकीबाट थानकोटतर्फ जाँदै थियो ।
बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । १ बजे लागेको आगो १ः२० मै नियन्त्रणमा लिइएको थियो । बस जलेर पूर्ण रुपमा क्षति भए पनि मानवीय क्षति भने भएको छैन ।