११ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी छिन ।
लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । आफूलाई एमाले मन पर्नुको कारण खुलाउँदै उनले भनिन्, ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन । कहिँ कतै लुटपाट गर्न युवा प्रयोग गर्दैन । एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ । त्यसकारण मलाई एमाले मन पर्छ । सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन । एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ ।’
उनले देश बनाउनका लागि स्टन्ट गर्न नहुने पनि बताइन । उनले अहिले आफ्नो पार्टीको नेतृत्व र आफूलाई समेत चारैतिरबाट आक्रमण भइरहेको बताइन । आफू सधैं आफ्नो पदप्रति बफादार भएर काम गरिरहेको उनको दाबी छ ।