|  

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

११ बैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । 

बिहीवार लोकतन्त्र स्थापना दिवसको अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा बोल्दै अध्यक्ष ओलीले कांग्रेस–एमालेको संयुक्त सरकार स्थिरता र स्थायित्वको लागि बनेको जिकिर गरे। ओलीले सरकार मुलुकलाई स्यायित्व दिने ध्याउन्नमा अगाडि बढिरहेको उल्लेख गर्दै सरकारको चिन्ता नगर्न समेत आग्रह गरे । ओलीले नेकपा एमालेको ध्यान सरकारमा नभई चुनाव केन्द्रित हुने समेत टिप्पणी गरे । संसदको बनावट अनुसार देशलाई ठिक ढंगले अगाडि बढाउने प्रयास पार्टीेले गरिरहने ओलीको दाबी छ । 

स्वदेशी तथा विदेशी तत्वहरुले मुलुकलाई प्रतिगमनतिर धेकेल्ने काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।