|  

जंगली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन गर्न खोजेको ?

११ बैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुलाई जंगली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन गर्न खोजेको भन्दै प्रश्न गरेका छन्।

बिहीवार नेकपा (एमाले)ले काठमाडौंमा आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन्। 

उनले लोकतन्त्रको रक्षा र सुदृढिकरणमा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह समेत गरे। उनले जनताको बलिदानको र संघर्षको अपमान गर्ने तथा सफलतालाई अस्वीकार गर्ने काम भएको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध युवाहरुले लड्नुपर्ने बताए।

आफू सचेत भएर राम्रा कुरा स्वीकार गरेर अघि बढ्नुपर्ने उनले बताए। उनले अबको समय युवाहरुको भएकाले आम्दानी, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताए।