बुधवार २ जेष्ठ, २०८२  | Wednesday 14 May, 2025 

केही भू-भागमा हल्का वर्षाको सम्भावना, तराईमा तातो हावाको लहर चल्ने

१२ बैशाख, काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ । दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा गर्मी बढ्ने सम्भावना छ । तराईका केही भूभागमा तातो हावाको लहर चल्ने महाशाखाको अनुमान छ ।