१२ बैशाख, काठमाडौं । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ ।
हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन सुरू हुन लागेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेअनुसार दुवै सदनको अधिवेशन आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरू हुनेछ ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र पढेर सुनाउने कार्यसूची छ । यसैगरी अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने छन् । यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ ।
बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ ।संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने छन् ।