|  

प्रादेशिक अस्पताल सिरहाको अध्यक्ष र मेसुको कार्यकक्षमा तालाबन्दी

१२ बैशाख, काठमाडौं । प्रादेशिक अस्पताल सिरहाका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा युवाहरूले तालाबन्दी गरेका छन् ।

अस्पताल सुधार गर्नुपर्ने विभिन्न १७ बुँदे मागपत्र मेसु सुनिल कुशवाहालाई बुझाउँदै सिरहाली युवाहरूले माग पुरा गर्न तीन दिनको अल्टिमेटम दिएका थिए ।

तर माग पुरा नभएपछि युवाहरूको एक समूहले तालाबन्दी गरेका हुन् ।