१२ बैशाख, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले घटेको भएको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै यता आज चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला २ हजारमा कारोबार भइरहेको छ ।