|  

भारत–पाकिस्तानको नियन्त्रण रेखामा पाकिस्तानी सेनाको गोलीबारी

१२ बैशाख, काठमाडौं । जम्मु कश्मीरमा नियन्त्रण रेखा (एलओसी)का केही क्षेत्रमा पाकिस्तानी सेनाले गोलीबारी गरेको भारतीय पक्षले आरोप लगाएको छ ।

त्यसको जवाफ पनि भारतीय सेनाले फर्काएको भारतीय मिडियाहरुले जनाएका छन् । तर, त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइसकेको छैन ।भारतीय सेनालाई पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा तैनाथी बढाइएको छ ।

जम्मु कश्मीरको पहलगाम भन्ने स्थानमा मंगलबार दिउँसो पर्यटकलाई लक्षित गरी आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । यो घटनापछि सीमा क्षेत्र वरपर सैनिक अप्रेसन जारी छ ।