१२ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आवासीय चिकित्सकहरूको माग पूरा गर्न माग गरेको छ ।
रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्कीले विज्ञप्ति निकालेर आवासीय चिकित्सकका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै तिनलाई पूरा गर्न माग गरेकी हुन् ।
‘चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गरी समय सापेक्ष र सामाजिक न्यायको सिद्धान्तको समेत सम्मान गर्दै आवासीय चिकित्सकहरूको माग अबिलम्ब पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई जिम्मेवार हुन जोडदार माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
आवासीय चिकित्सकहरुले सरकारी सरह भत्ता लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन् ।