|  

शोक प्रश्ताव पारित गर्दै सकियो राष्ट्रिय सभाको पहिलो बैठक

१२ बैशाख, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद दीपक बोहोराको निधन सम्बन्धमा अध्यक्ष दाहालले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेसँगै सभा स्थगन गरिएको हो । यसअघि स्व बोहोराप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्व बोहोरा संविधानसभा सदस्य पनि थिए। उनी रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको संसद्मा निर्वाचित थिए ।
प्रतिनिधिसभा सांसद बोहोराको ७४ वर्षको उमेरमा गत चैत १९ गते निधन भएको थियो । सभाको अर्को बैठक वैशाख १४ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने छ ।