|  

सम्पदामा राजनीति नगरौँः उपप्रमुख डंगोल

१२ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छन् ।

आज अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स नभइ नेपाली नै सहभागी हुनुपर्ने बताइन । उनले सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने बताइन । उनले सम्पदा संरक्षणमा गर्व गर्न लायक काम हुनुपर्ने बताइन् । सम्पदाहरु नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्नेमा महानगरले जोड दिइरहेको उनले बताइन ।

उपप्रमुख डंगोलले सस्तो टेण्डरमा सम्पदा पुनःनिर्माण गर्न दिँदा सम्पदा संरक्षणमा कठिनाइ भइरहेको बताए ।