१२ बैशाख, काठमाडौं । देउता चढेको भन्दै बुढीगंगा नदीमा हाम फालेका एक पुरुषको मृत्यु भएको छ ।
खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षीय गणेश नेपालीको बुढीगंगामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्रिवेणी नगरपालिका-८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा उनीहरू पितृ कार्य गरिरहेकै समयमा देउता आएको भन्दै ३२ वर्षीया अञ्जली नेपालीले नदीमा हाम फालेपछि उनलाई बचाउन गएका नेपालीको नदीमा डुबेर मृत्यु भएको हो । पितृ कार्यपछि नदीबाट पुतली ल्याउनुपर्ने जनविश्वास रहँदै आएको छ । देवता आएपछि अञ्जलीले नदीमा हाम फालेको बुझिएको छ । अञ्जलीसहित दुई महिला गम्भीर छन् । उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।
मृतक गणेशको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जनाएको छ । बाजुरामा देवी देवता र पितृका नामको अन्धविश्वासका कारण यसअघि दुईजना देवताका धामी कर्णाली नदीमा बेपत्ता भएका थिए ।