१२ बैशाख, काठमाडौं । नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेपछि शिक्षक महासंघका नेताहरु वार्ताका लागि मन्त्रालयमा पुगेका छन् ।
नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालका अनुसार २५ जनाको टोली वार्ताका लागि सिंहदरबार गएको छ । नेपाल राष्ट्रिय शिक्षक संघ, नेपाल प्रगतिशील शिक्षक संघ र नेपाल शिक्षक महासंघका पदाधिकारी मन्त्रालय पुगेका हुन । उपमहासचिव रामप्रसाद ढकालले भने, ‘नयाँ मन्त्रीले आह्वान गर्नु भएकाले यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ ।’
सो अवसरमा शिक्षकले मन्त्री पन्तलाई बधाई तथा शुभकामना दिने कार्यक्रम पनि रहेको उनले जानकारी दिए । पदभार ग्रहण गरेको पछिल्लो दिन आज वार्ताका लागि मन्त्री पन्तले सरकारका तर्फबाट पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासंघ राष्ट्रिय समितिलाई बोलाएका थिए ।