सोमवार २३ बैशाख, २०८२  | Monday 5 May, 2025 

रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा ८ जनाको मृत्यु

१२ बैशाख, काठमाडौं । रुसले गयराति फेरि घातक हवाई आक्रमण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण रोक्न आग्रह गरे पनि रुसले पुनः हवाई आक्रमण गरेको हो । आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको छ । मानव रहीत यान (ड्रोन) आक्रमणमा पूर्वी शहर पाभ्लोहरादमा एक बालक र ७६ वर्षीय महिला सहित तीन जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन । दक्षिणी क्षेत्र खेरसोनमा २ जनाको ज्यान गएको डोनेट्स्क र खार्किभमा थप तीन जनाको मृत्यु भएको छ ।

गत बिहीबार, रुसले कीभमाथि पछिल्लो वर्षको मध्यदेखि हालसम्मको सबैभन्दा ठूलो बमबारी गर्‍यो, जसमा १२ जनाको मृत्यु र ८७ जना घाइते भएका थिए । उक्त आक्रमणमा उत्तर कोरियाली प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )प्रयोग भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् ।