१२ बैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।
मन्त्रालयले नेपाल विद्युत विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा मन्त्रालयका दुई जना र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एक जना सदस्य रहनेछन । फुङ्लिङ नगरपालिका-१० सेवारोचोकमा ८ वैशाखमा पाथीभरा मन्दिर जाँदै गरेको बोलेरो गाडीमा करेन्ट प्रवाह भएर आगो लाग्दा चार यात्रुको जलेर मृत्यु भएको थियो । सडकमा हिँडिरहेको जिपले भुइँमा लत्रिएको अवस्थाको करेन्ट प्रवाह भइरहेको तारमा छोएपछि करेन्टसँगै जिपमा आगो लागेको थियो ।