१२ बैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ ।
आयोजक नेपाल स्पोट्र्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ बृद्धि गरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल हुनेछ। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा ललितपुरले र दोस्रो क्वालिफायरमा पोखराले धनगढी एफसीलाई हराउँदै फाइनलमा एकअर्कासँगको भेट पक्का गरेका थिए ।