|  

आइपिएलः राजस्थानलाई हराउँदै आरसिबी तालिकाको तेस्रो स्थानमा

१२ बैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ ।

जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रनमा अल आउट भयो । त्यसअघि राजस्थानले‌ टस जित्दै आरसिबीलाई पहिले ब्याटिङको लागि उतार्यो । आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो । जितसँगै आरसिबी १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । राजस्थानसँग मात्र ४ अंक रहेको छ ।