१२ बैशाख, काठमाडौं । भारतले नेपाललाई थालेसिमिया र सिकल सेल रोगविरुद्धको खोपको पहिलो किस्ता हस्तान्तरण गरेको छ ।
काठमाडौंमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूतले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारले गरेको अनुरोधअनुसार भारत सरकारले थालेसिमिया र सिकल सेल रोगका बिरामीहरूको व्यवस्थापनका लागि २० लाख डलर बराबरको औषधि तथा खोप प्रदान गर्न लागेको दूतावासले जनाएको छ। यसअनुसार पहिलो खेपमा खोप/औषधिमा इन्फ्लुएन्जा खोप (३१०० युनिट), साल्मोनेला खोप (१५०० युनिट), मेनिङ्गोकोक्कस खोप (३१०० युनिट), हाइमोफिलस इन्फ्लुएन्जा खोप (४६४० युनिट) र स्ट्रप्टोकोक्कस निमोनिया खोप (४६४० युनिट) समावेश रहेका छन्। खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले यी खोपहरूले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै भारतले गरेको सहयोगप्रति धन्यवाद दिए।
त्यस्तै राजदूत श्रीवास्तवले यी खोपहरूले नेपालमा सिकल सेल रोग र थालेसिमियाबाट प्रभावित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। नेपाल–भारतबीचको मित्रतामाथि प्रकाश पार्दै उनले पारस्परिक हितका क्षेत्रहरूमा सहयोग गर्न भारत सधैँ तयार रहेको उल्लेख गरे। भारतबाट भएको यस योगदानले विशेष गरी थारु समुदायका मानिसहरूमाझ यो विकारलाई सम्बोधन गर्ने नेपालको प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ ।
काठमाडौंमा आयोजित एक समारोहमा @IndiainNepal का राजदूतले थालेसिमिया र सिकल सेल रोगविरुद्धको खोपको पहिलो किस्ता 🇳🇵 का माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री प्रदीप पौडेललाई हस्तान्तरण गर्नुभयो । भारतबाट भएको यस योगदानले विशेष गरी थारु समुदायका मानिसहरूमाझ यो विकारलाई सम्बोधन… https://t.co/2Cgikd1qTN
— IndiaInNepal (@IndiaInNepal) April 25, 2025