१२ बैशाख, काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठित समितिका संयोजक नवराज सुवेदीले नेपालमा राजसंस्थाको पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने बताएका छन ।
तीनकुने घटनाका बारेमा सत्यतथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आपयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।
उनले राजसंस्था पुनस्र्थापना हुनुपर्ने, नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायतका माग रहेको बताए । उनले आफूहरुले शान्तिपूर्ण आन्दोलनका मार्फत् आफ्ना कुरा राख्न चाहेको बताए । उनले शान्तिपूर्ण विरोधका कार्यक्रममा कसैले आक्रमण गर्छ भने आफूहरु प्रतिकार गर्न तयार रहेको बताए । राष्ट्रिय झण्डाको दुरुपयोग गरी आन्दोलन गरेको भन्ने आरोप छ नि भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले राष्ट्रिय झण्डा बोक्ने मान्छेलाई झण्डाको दुरुपयोग भन्ने मान्छे नै अराष्ट्रिय भएको तर्क गरे । पहिला देशलाई सुरक्षित बनाएर आफ्ना आफ्ना झण्डामुनि बसेर राजनीति गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘आन्दोलन त हेर्नुस् नवराजलाई थुनेर मात्रै होइन, नवराज म¥यो भने पनि अर्को राजले आन्दोलन शुरु गर्छ । यो आन्दोलन कन्टिन्यू हुन्छ । जबसम्म यो देशमा राजसंंस्थाको स्थापना हुँदैन, हिन्दू राष्ट्र नेपाल हुँदैन र यो संघीयता खारेज हुँदैन र बहुदलीय प्रजातन्त्र हाम्रो चार पाँचवटा माग छ यो माग पूरा नहुन्जेल यो कन्टिन्यु भइरहन्छ । राष्ट्रिय झण्डामै हो । यहाँ आफ्नो आफ्नो पार्टीका झण्डा होइन, पहिले राष्ट्रलाई बचाऔँ, राष्ट्रलाई समुन्नत बनाऔँ । राष्ट्रलाई सुरक्षित राखौँ अनि पार्टी खोलौँ । आफ्नो झण्डा लिऔँ अनि झगडा त्यसपछि गरौँला, अहिले राष्ट्रिय झण्डा । राष्ट्रिय झण्डा बोकेर हिडेको मान्छेलाई जस्ले राष्ट्रिय झण्डाको दुरुपयोग भन्छ त्यो मान्छे आफै राष्ट्रिय होइन, अराष्ट्रिय हो । हामी शान्तिपूर्ण चाहन्छौँ । हामी शान्तिपूर्ण आफ्ना कुरा राख्न चाहन्छौँ । विरोध गर्न चाहन्छौँ । कसैले हामीमाथि आइलाग्छ भने हामी पनि दही जमाएर बस्दैनौँ ।
संयोजक सुवेदीले विश्वका धेरै देशमा वृद्ध अवस्थाका नेताहरुले धेरै ठूला कामहरु सफल पारेको तर्क गर्दै आफूले राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र नेपाल र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न आफू सक्षम रहेको जिकिर गरे।