|  

देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका माग सम्बोधन गर्न प्रतिबद्ध छुः शिक्षामन्त्री पन्त

१२ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानुन र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार शिक्षकहरुसँग वर्ता र संवादको माध्यमबाट अहिलेका समस्याहरु समाधान गर्न प्रतिबद्ध रहेको बताए। उनले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आह्वान गरे।

उनले भने, ‘सरकार शिक्षकहरुसँग वार्ता र संवादको माध्यमबाट अहिले देखिएका समस्याहरु समाधान गर्न प्रतिबद्ध छ। कटिबद्ध छ। म शिक्षक साथीहरुलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु। संविधानको सीमा, ऐन, कानुनको सीमा र देशको बजेटले धान्ने सीमाभित्र हामी समाधानहरु खोज्न तयार छौँ। सरकारको तर्फबाट वार्ताको आह्वान गरिसकेको छु।’