१२ बैशाख, काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि विद्यायलमा अनिवार्य उपस्थित हुन शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै गाउँपालिकाले आइतबारसम्म विद्यालय आउन नसके राजीनामा दिन वा सरुवा मिलाएर जान समेत शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको हो ।
गाउँपालिका अध्यक्ष वैद बहादुर थापाले सूचना जारी गरेर आफ्नो पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् ।
शिक्षक आन्दोलनले पालिकाभित्रका सम्पूर्ण विद्यालयको अध्ययन–अध्यापनमा समस्या परेको भन्दै वैशाख १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रूपमा उपस्थित हुन उर्दी जारी गरेको हो ।