१३ बैशाख, काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्नेछ ।
बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बताइएको छ । बजेट अधिवेशन हिजोबाट सुरु भएको छ ।
अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।