१३ बैशाख, काठमाडौं ।नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि धर्ना दिने भएको छ ।
नागरिक अभियानले शनिबार पहलगाममा घटनामा ज्यान गुमाएका सुदीप न्यौपानेको न्यायका लागि धर्ना दिन लागेको हो । अभियानका सहसचिव प्रेमलाल न्यौपानेले काठमाडौंको चुनदेवीस्थित पाकिस्तानी दूतावास अगाडी धर्ना दिने बताए ।
धर्नाका क्रममा पाकिस्तानी दूतावासमा ज्ञापन पत्र पनि बुझाउने बताइएको छ । नागरिक अभियानले सो घटनाको भर्त्सना गर्दै आतंकवादविरुद्ध एक्यबद्धता जनाउँदै दोषीउपर कडा कारबाहीको माग गरेको छ।
त्यस्तै मृतक न्यौपानेको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि सो अभियानले माग गरेको छ।