|  

शिक्षक महासंघले भन्योः यसपटक हामी वार कि पारको लडाईंमा छौं 

१३ बैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरू वार कि पारको लडाईंमा रहेको बताएका छन् ।

शनिबार फेसबुकमा स्टाटस लेखेर सुवेदीले अन्तिम लडाईंमा भएका कारण गाउँघरमा भएका शिक्षकहरुलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन्।

‘आन्दोलन आफैंमा कठिन कार्य हो तर यसपटक हामी वार कि पारको लडाईंमा छौं भन्ने बुझिदिनुहोला,’ उनले लेखेका छन्। सुवेदीले अन्तिम लडाईंमा भएकै कारण नियमित भन्दा बढी बल लगाउनुपर्ने पनि बताएका छन् ।

यसर्थ शनिबार पनि बिहान ११ बजे नै आन्दोलनस्थलमा उपस्थित हुन उनले शिक्षकहरूलाई आग्रह गरेका छन्।शुक्रबार शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए पनि वार्ता हुन सकेन।

वार्ताका लागि सिंहदरबार पुगेका अध्यक्ष सुवेदीसहितका महासंघका पदाधिकारीहरू पासको समस्याका कारण भित्र छिर्न पाएका थिएनन्।