|  

अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट

१३ बैशाख, काठमाडौं । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बिहान करिब साढे ३ बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीले आसपासका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको हो।

आगलागीको कारण पूर्ण रूपमा विद्युत् सर्ट मानिएको छ ।हालसम्म मानवीय क्षतिको विवरण आएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। क्षतिको विवरण पनि सङ्कलन गरिँदै छ।