|  

प्रधानमन्त्री ओली लुम्बिनी जाँदै

१३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी जाने भएका छन् ।

लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनार उद्घाटनका लागि प्रधानमन्त्री ओली लुम्बिनी जाने भएका हुन् ।

लुम्बिनीमा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव आयोजना गरिएको हो।

त्यसैको उद्घाटनको लागि प्रधानमन्त्री ओली बिहान ८ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत लुम्बिनी जाने र ११ बजे काठमाडौं फिर्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।