|  

शिक्षक आन्दोलनबाट घर फर्किरहेका नाइट बस दुर्घटना, १६ जना घाइते

१३ बैशाख, काठमाडौं । काठमाडौंबाट झापा जाँदै गरेको नाइट बस दुर्घटना भएको छ।

शनिबार बिहान साढे ५ बजे काठमाडौंबाट झापा जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२ नम्बरको यात्रुबाहक रात्रिबसझापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो।

दुर्घटनामा १६  जना यात्रु घाइते भएका छन्। घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेकोछ । दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भभएका हुन ।