१३ बैशाख, काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान भएको बैठकमा सरकारको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा पदाधिकारी र आन्दोलन शिक्षकहरू सहभागी थिए।
बैठकपश्चात अध्यक्ष सुवेदीले पुनः छलफल र वार्ता गर्ने सहमति भएको बताए । उनले वार्ता र आन्दोलन सँगसँगै जाने बताए।शिक्षकहरुले सरकारसमक्ष आफूहरूले जायज माग राखेकाले सबै माग पूरा हुनुपर्ने अडान राखेका छन्।गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौंमा आन्दोलनमा रहेका छन्।