|  

अभ्यासका लागि महिला क्रिकेट टोली भारत जाँदै

१३ बैशाख, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि भारत जाने भएको छ ।

अप्रिल महिनाका लागि तय भएको भुटान टुर नहुने भएपछि नेपाली टोलीले भारतमा गएर अभ्यास भने गर्ने भएको हो । नेपाली टोली आजै भारत जाँदै छ ।

भारतको दिल्लीमा हुने अभ्यास खेलको तालिका तथा अन्य जानकारी क्यानले आधिकारिक रूपमा आजै सार्वजनिक गर्ने जनाएको छ ।