|  

आन्दोलनरत चिकित्सकहरुसँग शिक्षामन्त्रीले गरे छलफल

१३ बैशाख, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत डाक्टरहरुबीच छलफल भएको छ ।

शिक्षामन्त्री पन्तले शिक्षकहरुसँगको वार्तापछि आन्दोलनरत चिकित्सकहरुसँग छलफल गरेका हुन्। आन्दोलनरत चिकित्सक केही प्रतिनिधिले मन्त्री पन्तसँग भेटेर सरकारी सरह निर्वाह भत्ता माग गर्दै न्यूनतम पारिश्रमिक पाउनुपर्ने विषय उठाएका छन् ।

निजी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको न्यूनतम  पारिश्रमिक दिन आनाकानी गर्दै आएपछि आवासीय चिकित्सकले आन्दोलन गर्दै आइरहेका छन् ।