|  

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी

१३ बैशाख, काठमाडौं ।  बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएको छ ।

मेडिकल स्टोरमा औषधिका लागि राखिएको फ्रिजमा विद्युतको तार जलेर आगलागी सुरु भएर बिस्तारै फार्मेसीमा पुगेको र शनिबार भएकाले आगो लागेको धेरै पछि मात्रै जानकारी पाइएको अस्पतालले जनाएकोछ  ।

अहिले आगो नियन्त्रणमा आएको छ ।