१३ बैशाख, काठमाडौं । देशभरका शिक्षकहरू २५ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।
माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर क्षेत्र अघि बढेका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई रोकेको छ ।