१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले आफ्नो पार्टीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले समेत आशा राखेको टिप्पणी गरेका छन् ।
उनले भू-मण्डल नै थर्काउनेगरी विचार र कार्यक्रम अघि बढाउनुपर्ने तर्क समेत गरेका छन । राजधानीमा आयोजित सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले ठोस स्थितिको ठोस विश्लेषण गरेर अघि बढ्नुपर्ने जिकिर गरे । उनले अहिले आफ्नो पार्टी लोकप्रिय भएको पनि दाबी गरे । सापकोटाले वर्तमान सरका संवैधानिक नैतिकता विपरित बनेकोले यसको औचित्य नभएको बताए ।