१३ बैशाख, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा सुरु भएको छ ।
बजेट अधिवेशन सुरु भएको सन्दर्भमा छलफल गर्न एमालेले दलको बैठक बोलाएर छलफल थालेको छ । बैठकमा अहिले नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले विचार राखिरहेका छन्। त्यसपछि दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।