१३ बैशाख, काठमाडाैं । भारत र पाकिस्तानका सेनाहरुबीच सीमा क्षेत्रमा आज दोस्रो दिन पनि गोली हानाहान भइरहेको छ ।
जम्मूकश्मिरमा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणमा पाकिस्तानको भूमीका रहेको भन्दै भारतले प्रतिबन्ध र कारवाही थालेपछि सीमा क्षेत्रमा हिजोदेखि गोली हानाहान शुरु भएको हो । दुई सेनाबीच बितेको रातभरि पनि गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन । ज्यान गएको विवरण दुवै तर्फबाट सार्वजनिक भएको छैन ।
यसैबीच पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध लगाएको छ । भारतले सिन्धु जलसम्झौता निलम्बनको निर्णय गरेपछि भारतले आकाशमा प्रतिबन्ध लगाएको हो । पाकिस्तानको प्रतिबन्धले भारतको ठूला एयरलाइन्सहरू एयर इन्डिया र इन्डिगो प्रभावित भएका छन् । पाकिस्तानले आफ्नो आकाश प्रयोग गर्न नदिएपछि जहाजका अन्तर्राष्ट्रिय उडानहरू अब लामो दूरी भएर जानुपर्ने भएको छ । जसले विमानको खर्च बढ्ने र उडान समय लम्बिने भएको छ ।