|  

सांसदलाई ओलीले भने- विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस् !

१३ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदहरूलाई जस्तो पायो त्यस्तो विधेयक पारित हुन नदिन निर्देशन दिएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठक सम्बोधनका क्रममा ठीक विधेयक पारित गर्न निर्देशन दिएका हुन । उनले भने,‘हामीले थुप्रै विधेयकहरू यस अधिवेशनमा पारित गर्नुपर्ने छ । विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्,’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सांसदहरूलाई भने, ‘विधेयक ठीक विधेयक पारित गर्नुस् । ठीक ढंगले पारित गर्नुस ।’
गलत विधेयकले वैचारिक र व्यवहारिक हिसाबले देशलाई गलत दिशातर्फ लैजाने उनको भनाई छ ।