|  

नवराज सुवेदीसँग राप्रपा नेताहरूकाे भेट

१३ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरूले नवराज सुवेदी र बलाराम घर्तीमगरसँग भेट गरेका छन् ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार नेताहरूले आज उनीहरूको घर नै पुगेर नेताद्वव सुवेदी र घर्तीमगरलाई भेटेका हुन । उनले भने, ‘भेटका क्रममा उहाँहरूको लामो राजनीतिक अनुभव सुन्ने, राजसंस्था पुनस्र्थापना आन्दोलनको आगामी कार्यदिशा र समसामयिक राजनीतिबारे विमर्श गर्ने, विगत, वर्तमानका बारेमा रोचक कुराकानी भयो ।’

भेटका क्रममा सुवेदीले आफू नजरबन्दमा रहेको अनुभव सुनाएको समेत प्रवक्ता श्रेष्ठले बताए ।