१४ बैशाख, काठमाडाैँ । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ गरेको जनाएको छ ।
सभामुख देवराज घिमिरेलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारी हरि खतिवडाले पठाएको पत्रमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई बैशाख १३ गते कपनबाट पक्राउ गरिएको उल्लेख छ । राईलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जानकारी संसद सचिवालयलाई दिइएको हो। कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपश्चात लामो समयदेखि फरार थिइन । उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम सांसद रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । पूर्वगृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । हाल लामिछानेको सांसद पद निलम्बनमा छ।